काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । विगतका वर्षहरूमा निरन्तर लाभांश वितरण गर्दै आएको कम्पनीले यस वर्ष भने लाभांश वितरण नगर्ने भएको हो ।
पुस २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । गत वर्ष भने कम्पनीले १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांशसहित कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।
लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनीले आगामी वार्षिक साधारण सभामा पेस गर्नका लागि वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय पनि कम्पनीले गरेको छ ।