काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को ९ महीनामा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आइतवार (आज) सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत साउनदेखि चैतसम्ममा विप्रेषण आप्रवाह १० खर्ब ८२ अर्ब ६२ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले बढेर ८ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।
यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) र पुनः श्रम स्वीकृति लिनेको संख्या भने घटेको छ ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख २९ हजार ४२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १२ हजार ७२१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ८७ हजार ८३९ र २ लाख १७ हजार ९५९ थियो ।
यो पनि हेर्नुहोस्
कुल विदेशी विनिमय सञ्चिति २१.७ प्रतिशतले वृद्धि: १२.४ महीनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने
चालु खाता रु.१६६ अर्ब ८७ करोडले र शोधनान्तर स्थिति रु.३२७ अर्ब ५५ करोडले बचतमा
विप्रेषण आप्रवाह २१ प्रतिशतले वृद्धि, ७ अर्ब २४ करोड अमेरिकी डलर पुग्यो
पछिल्लो आठ महिनामा कुल वस्तु व्यापार घाटा २.५ प्रतिशतले घट्यो
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।