काठमाडौं । १ खर्बको वैकल्पिक वित्त कोषसम्बन्धी विधेयकलाई आगामी आर्थिक वर्षभित्रै पास गरिने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्दै १ खर्ब बराबरको कोष खडा गर्न सो विधेयक पारित गरिने बताउनुभयो ।
त्यस्तै, आगामी वर्ष सरकारले एकीकृत परियोजना बैंक लागू गर्ने भएको छ । केन्द्र, प्रदेश र स्थानीय तहको योजनामा दोहोरोपन हटाउन एकीकृत परियोजना बैंक ल्याउने उहाँले घोषणा गर्नुभयो । उहाँका अनुसार यसैमार्फत तीन तहकै सरकारको योजना प्रभावकारी बनाइनेछ ।
भूमि बैंकलाई आगामी आर्थिक वर्षमा कार्यान्वयनमा लगिने, रसायन तथा विषादीको प्रयोगलाई नियमन गरिने, जैविक विषदीको प्रयोगलाई प्रोत्साहन गरिने, कृषियोग्य जमिनको संरक्षण गरिने पौडेलले उहाँले बताउनुभयो ।