काठमाडौं । सरकारले १०० रुपैयाँमै कम्पनी खोल्न पाइने कानून बनाउने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष (आव)को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले १०० रुपैयाँ अधिकृत पूँजी राखेर कम्पनी खोल्न पाउने कानून बनाउने घोषणा गरेका हुन् ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरिरहेको आगामी आर्थिक वर्ष (आव) ०८०/८१ को बजेट प्रस्तुत गरिरहेका छन् ।