काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को कात्तिक महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरूले कुल रू.१४ अर्ब बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार निर्जीवन बीमा कम्पनीहरूले ८ लाख ९७ हजार २३५ वटा बीमालेख बिक्री गरी कुल रू.१४ अर्ब ९ करोड ७२ लाख कुल बीमाशुल्क संकलन गरेका हुन ।
यी कम्पनीमध्ये सबैभन्दा अगाडि सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । यस कम्पनीले कात्तिक मसान्तसम्ममा रू.१ अर्ब ७७ करोड भन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले ९१ हजार ७७३ ओटा बीमालेख विक्री गरेर उक्त बीमाशुल्क आर्जन गरेको हो ।
त्यस्तै दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले रू. १ अर्ब ४६ करोड बीमाशुल्क आर्जन गरेको छ । तेस्रोमा शिखर इन्स्योरेन्सले रू.१ अर्ब ४१ करोड बीमाशुल्क आर्जन गरेको छ ।
कम बीमाशुल्क आर्जन गर्नेमा नेशनल इन्स्योरेन्सले चार महीना अर्थात कात्तिक मसान्तसम्ममा रू. ४९ करोड ३ लाख आर्जन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले रू. ६१ करोड ४९ लाख कुल बीमाशुल्क आर्जन गरेको हो ।
कम्पनीको नाम | कात्तिक मसान्तसम्मको कुल बीमाशुल्क आर्जन रू. लाखमा |
सगरमाथा लुम्बिनी इन्स्योरेन्स | १७,७६७.९३ |
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स | १४,६२६.७३ |
शिखर इन्स्योरेन्स | १४,१०३.०१ |
नेको इन्सुरेन्स | ११,५२७.४५ |
हिमालयन एभरेष्ट इन्स्योरेन्स | ११,४९८.७३ |
आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स | ११,३४९.१६ |
एनएलजी इन्स्योरेन्स | ९,४१९.४५ |
दि ओरियन्ट | ९,२८६.७२ |
युनाइटेड अजोड इन्स्योरेन्स | ८,४०१.८४ |
नेपाल इन्स्योरेन्स | ७,८६८.७६ |
सानिमा जिआईसी इन्स्योरेन्स | ७,७९३.३८ |
प्रभु इन्स्योरेन्स | ६,२७५.३१ |
राष्ट्रिय बीमा कम्पनी | ६,१४९.९१ |
नेशनल इन्स्योरेन्स | ४,९०३.९३ |
कुल | १४०,९७२.३२ |
स्रोत : नेपाल बीमा प्राधिकरण |