काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले ३१ करोड ४२ लाख रुपैयाँभन्दा बढीको विद्युत विक्री आम्दानी गरेको छ ।
गत वर्षको तुलनामा यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी ६५ प्रतिशतभन्दा बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले विद्युत विक्रीबाट १९ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको थियो ।
विद्युत विक्री आम्दानी बढेसँगै यो वर्ष कम्पनीको खुद नाफा ३६३ दशमलव ५२ प्रतिशत बढी भएको छ । गत वर्ष तेस्रो त्रैमाससम्म १ करोड २० लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष ५ करोड ५६ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी ७६ करोड रुपैयाँ छ भने रिटेन्ड अर्निङ ४ करोड १८ लाख रुपैयाँभन्दा बढी छ ।
दीर्घकालीन कर्जा १ करोड ९९ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको कुल दायित्व रकम २ अर्ब रुपैयाँभन्दा बढी छ । वार्षिक प्रतिशेयर आम्दानी ९ रुपैयाँ ७७ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १०५ रुपैयाँ ५१ पैसा छ ।