काठमाडौं । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले वैशाख २५ गते कम्पनीलाई हाल कायम चुक्तापूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति दिएको हो । हाल कम्पनीको चुक्तापूँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँ छ ।
सोही रकम बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर निष्कासनका लागि बोर्डले बाटो खुला गरेको हो ।
यो हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार ६०० रुपैयाँ कायम हुनेछ ।