काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको गत पुस २९ गते स्थगित ३०औं वार्षिक साधारण सभा पुनः आह्वान गरिएको छ ।
वैशाख २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी जेठ ९ गते पूर्वनिर्धारित प्रस्तावहरू पारितका लागि सभा बोलाउने निर्णय गरेको हो ।
सभा काठमाडौंको पुतलीसडकस्थित अनुपम फुडल्याण्डमा बिहान ११ बजे बस्नेछ ।
कम्पनीले उक्त साधारण सभा प्रयोजनका लागि पुस १९ गतेदेखि २९ गतेसम्म बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने र चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने विषय टुङ्ग्याउनेछ ।
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव गरेको कम्पनीले त्यसका लागि आवश्यक जिम्मेवारी सञ्चालक समितिलाई तोक्नेछ ।