काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बोटलर्स नेपाल तराईले ८ करोड ७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।
गत वर्षको यस अवधिसम्म २६ करोड १४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष ६९ दशमलव ११ प्रतिशत कम खुद नाफा गरेको हो ।
यस वर्ष कम्पनीले सञ्चालनबाट हुने आम्दानी १५ दशमलव ४८ प्रतिशत कम गरेकाले खुद नाफा घट्न पुगेको हो । गत वर्ष ५ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी सञ्चालनबाट आम्दानी गरेको कम्पनीले यस वर्ष ४ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी यो आम्दाी गरेको हो ।
यो वर्ष वित्तीय खर्च भने करीब ३१ प्रतिशत घटेको हो । गत वर्ष २० करोड १२ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष १३ करोड ९६ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी १२ करोड १० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोष रकम ४ अर्ब ११ करोड रुपैयाँभन्दा बढी रहेको छ ।
कम्पनीले कर्जा सापटी २ अर्ब ९२ करोड रुपैयाँभन्दा बढी लिएको छ । वार्षिक प्रतिशेयर आम्दानी ८९ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ३ हजार ४९७ रुपैयाँ छ ।