काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड २५ लाख रुपैयाँभन्दा बढी खुद नाफामा रहेको छ ।
गत वर्ष यस अवधिसम्म २ करोड २३ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष भने खुद नाफा गर्न सफल भएको हो ।
यस वर्ष कम्पनीको खुद सञ्चालन आम्दानी बढेकाले नाफामा सकारात्मक प्रभाव परेको हो । गत वर्ष ६ करोड ११ लाख रुपैयाँभन्दा बढी रहेको खुद सञ्चालन आम्दानी यस वर्ष १४ करोड ३६ लाख रुपैयाँभन्दा बढी भएको छ ।
खुद नाफामा रहेको कम्पनीको वितरणयोग्य नाफा भने ५ करोड ९१ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ ।
हाल कम्पनीको चुक्तापूँजी २५ करोड रुपैयाँ छ भने जगेडा कोष रकम ९ करोड ९८ लाख रुपैयाँभन्दा बढी छ ।
तेस्रो त्रैमाससम्म २ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको कम्पनीले ३२ करोड ९ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ । कर्जा प्रवाह रकम भने यस अवधिसम्म ३ अर्ब १२ करोड रुपैयाँभन्दा बढी छ ।
निष्क्रिय कर्जा गत वर्ष ४ दशमलव ९२ प्रतिशत रहेकोमा यस वर्ष बढेर ६ दशमलव ८४ प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी १२ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ११६ रुपैयाँ ३० पैसा छ ।