काठमाडौं । अघिल्ला चार कारोबार दिन लगातार घटेको नेप्से परिसूचक सोमवार भने ४ दशमलव ७८ अंक बढेर २ हजार ६०० दशमलव ७६ विन्दुमा बन्द भएको छ ।
यस दिन २ हजार ६०८ दशमलव ५६ विन्दुमा पुगेको नेप्से २ हजार ५८४ दशमलव ४७ विन्दुसम्म झरेको थियो । यस दिन १२३ कम्पनीको धितोपत्र मूल्य बढेको छ भने १२४ कम्पनीको धितोपत्र मूल्य घटेको छ । यो दिन माछापुच्छ्रे बैंकको शेयर मूल्य भने स्थिर रहेको छ । माछापुच्छ्र्रे बैंकको शेयर मूल्य प्रतिकित्ता २१३ रुपैयाँ ६३ पैसा कायम भएको हो ।
बढेको बजारमा गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशत घटेको छ । प्रतिकित्ता २३८ रुपैयाँ २२ पैसाले घटेर गुराँस लघुवित्तको अन्तिम शेयर मूल्य प्रतिकित्ता २ हजार १४४ रुपैयाँ २० पैसा कायम भएको छ ।
जोशी हाइड्रो र पञ्चकन्यामाई हाइड्रोपावरको शेयर मूल्य उच्च दरमा बढेको छ । जोशी हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत बढेर अन्तिम मूल्य ३८३ रुपैयाँ ४० पैसा र पञ्चकन्यामाई हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ४२ प्रतिशत बढेर अन्तिम मूल्य ३९५ रुपैयाँ १४ पैसा कायम भएको छ ।
बजार बढेपनि यस दिन कारोबार रकम भने घटेको छ । आइतवार ९ अर्ब १४ करोड रुपैयाँभन्दा बढीको २ करोड १५ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा सोमवार ६ अर्ब ४७ करोड रुपैयाँभन्दा बढीको १ करोड ७५ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
कुल कारोबारमा राधी विद्युत कम्पनीको सर्वाधिक हिस्सा रहेको छ । राधी विद्युतको ५२ करोड १८ लाख रुपैयाँभन्दा बढीको ६ लाख ४० हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको हो । यस दिन कम्पनीको शेयर मूल्य ४ दशमलव ८६ प्रतिशत बढेर अन्तिम मूल्य ८२५ रुपैयाँ २२ पैसा कायम भएको छ ।
यस दिन व्यापारिक समूहका लगानीकर्ताले सर्वाधिक कमाएको देखिन्छ । परिसूचक बढेको आधारमा यस समूहका लगानीकर्ताले सर्वाधिक कमाएको देखिएको हो ।
आज व्यापारिक समूहको परिसूचक सर्वाधिक २ दशमलव २० प्रतिशत बढेको छ । यो दिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक शून्य दशमलव ६१ प्रतिशत घटेको छ ।
बजार सामान्य अंक माथि उक्लिएको दिन कुल बजार पूँजीकरण ७ अर्ब ९६ करोड रुपैयाँभन्दा बढीले वृद्धि भई मंगलवार कुल बजार पूँजीकरण ४३ खर्ब ३३ अर्ब २३ करोड रुपैयाँभन्दा बढी कायम भएको छ । आइतवार कुल बजार पूँजीकरण ४३ खर्ब २५ अर्ब २७ करोड रुपैयाँभन्दा बढी कायम थियो ।