काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ६२ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ । यसअघि जेठ १ गते विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्री खुला गर्दा विक्री नभएको यी शेयर दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थामा विक्री गर्न लागेको हो ।
ग्रामिण महिला उत्सुकता विकास मञ्चले आफ्नो नाममा रहेको यी शेयर विक्री गर्न लागेको हो । इच्छुक खरीदकर्ताहरुले असार १५ गतेभित्र यी शेयर खरीदका लागि आवेदन पेश गर्न सक्नेछन् । कम्पनीको शेयर विक्री प्रवन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।