काठमाडौं । प्रभु इन्स्योरेन्स गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुल १८ दशमलव ९५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । असार ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापँजी १ अर्ब ४४ करोड १४ लाख ८८ हजार रुपैयाँ छ ।
सोही पूँजीको आधारमा कम्पनीले २५ करोड ९४ लाख ६७ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्न लागेको हो । कम्पनीले पछिल्लो ५ वर्षयताकै बढी लाभांश यो वर्ष वितरण गर्न लागेको हो । यस अघि आर्थिक वर्ष ०७३/७४ मा २० दशमलव २१ प्रतिशत लाभांश वितरण गरेको कम्पनीले त्यसयताका वर्ष भने २० प्रतिशतभन्दा कम लाभांश वितरण गरेको छ । गत वर्ष भने कम्पनीले ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत गरी कुल ५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस वर्षको प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चा्त मात्र वितरण हुनेछ ।