काठमाडौं । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड–इ को आकार वृद्धि भएको छ ।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त यस योजनाको आकार ३ अर्ब रुपैयाँबाट वृद्धि गरी ३ अर्ब २० करोड रुपैयाँ कायम गरिएको छ । योजनालाई आकार वृद्धि गर्न वैशाख २ गते धितोपत्र बोर्डले अनुमति दिएको हो । यस योजनाको प्रारम्भिक आकार ५५ करोड रुपैयाँको थियो ।
खुलामुखी प्रकृतिको यस योजनाको इकाई खरीदविक्री २०७८ पुस ५ गतेदेखि भइरहेको छ । योजनाको इकाई एनएमबि क्यापिटल लिमिटेड, बालुवाटार, काठमाडौंमार्फत खरीदविक्री भैरहेको जानकारी कम्पनीले दिएको छ ।
योजनाको इकाई खरीद गर्दा नि:शुल्क गर्न सकिने व्यवस्था रहेको छ । इकाई विक्री गर्दा ६ महीनाभित्र विक्री गरेमा १ दशमलव ५ प्रतिशत, ६ महीनादेखि १२ महीनाभित्र विक्री गरेमा १ दशमलव २५ प्रतिशत, १२ महीनादेखि १८ महीनाभित्र विक्री गरेमा १ प्रतिशत, १८ महीनादेखि २४ महीनाभित्र विक्री गरेमा शून्य दशमलव ७५ प्रतिशत र तत्पश्चात कुनै शुल्क नलाग्ने जानकारी योजना व्यवस्थापकले दिएको छ ।