काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ८६ हजार ४७४ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।
कम्पनीले अन्य व्यक्ति तथा संस्थाहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । यसअघि यी शेयर कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्री खुला गरेको थियो ।
उक्त अवधिमा विक्री नभएपछि दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थाहरूलाई यी शेयर विक्री गर्न लागिएको हो । इच्छुकले १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।