काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडको खुद नोक्सानी घटेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको खुद नोक्सानी २ करोड ४६ लाख रुपैयाँभन्दा बढी रहेको छ । गत वर्ष यस अवधिसम्म कम्पनी ७ करोड ३० लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा थियो । यसआधारमा कम्पनीको खुद नोक्सानी करीब ५ करोड घटेको छ ।
गत वर्षको तुलनामा यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी बढेकाले खुद नोक्सानी घटेको हो । गत वर्ष यस अवधिसम्म ६ करोड ८० लाख रुपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष ८ करोड ६२ लाख रुपैयाँभन्दा बढी उक्त आम्दानी गरेको हो ।
वित्तीय खर्च पनि यस वर्ष घटेको छ । कम्पनीको वित्तीय खर्च गत वर्ष ७ करोड ९५ लाख रुपैयाँभन्दा बढी रहेकोमा यस वर्ष ५ करोड ७६ लाख रुपैयाँभन्दा बढी छ ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ६५ करोड रुपैयाँ छ । कम्पनीको जगेडा कोष रकम २३ करोड ४१ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ । तेस्रो त्रैमाससम्म दीर्घकालीन कर्जा ६९ करोड २४ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालीन कर्जा भने २७ लाख १२ हजार रुपैयाँभन्दा बढी छ ।
तेस्रो त्रैमाससम्म १ रुपैयाँ ४९ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ९६ रुपैयाँ ८१ पैसा छ ।