भद्रपुर (झापा) । चालू आर्थिक वर्षको ९ महीनामा झापामा ३७.५ प्रतिशत पूँजीगत खर्च भएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीका अनुसार झापाका लागि पूँजीगततर्फ रु १० अर्ब ७० करोड विनियोजन भएकामा चैत मसान्तसम्म रु चार अर्ब एक करोड ५२ लाख खर्च भएको छ ।
‘चालूतर्फ विनियोजित रु १६ अर्ब १४ करोड ६८ लाखमध्ये रु ११ अर्ब १९ करोड ७२ लाख खर्च भएको छ,’ उनले भने ।
समग्रमा जिल्लाको रु १५ अर्ब २१ करोड २५ लाख १८ हजार खर्च भएको छ । चालू आवको चैतसम्म रु १५ अर्ब २२ करोड ७३ लाख ६० हजार ९११ राजस्व सङ्कलन भएको छ ।