काठमाडौं । गभर्नर बन्न नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका गुणाकर भट्टविरुद्ध सर्वाेच्च अदालतमा पूरक निवेदन दर्ता भएको छ ।
गभर्नर बन्न भट्टको योग्यता नपुग्ने भन्दै अधिवक्ताद्वय विशाल थापा र प्रतिमा उप्रेतीले सर्वाेच्चमा पूरक निवेदन दर्ता गरेका हुन् ।
यसअघि थापा र उप्रेतीले अर्थमन्त्रालय सम्बद्ध सार्वजनिक निकायको पदाधिकारी तथा सदस्य नियुक्तिसम्बन्धी मापदण्ड संशोधन कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए । सर्वोच्चले उक्त संशोधन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरिसकेको छ ।
उक्त मुद्दाको पेशी आइतवार तोकिएको छ । पुरक निवेदनकर्ता थापा र उप्रेतीले भट्टविरुद्धको पुरक निवेदनको मिसिल अघिल्लो मुद्दासँगै राखेर आइतवारको पेशीमा छलफल गर्न माग गरेका छन् ।
गभर्नर बन्नका लागि राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा