चितवन । भरतपुरमा आइतवारदेखि यामाहा मोटरसाइकलको ‘ब्लुफेष्ट एक्सचेञ्ज’ मेला शुरू भएको छ । भरतपुरस्थित नवीन अटो सेन्टरले असार १५ देखि २० गतेसम्मको लागि मेला शुरू गरेको हो । मेलाको उद्घाटन चितवन अटोमोबाइल डिलर्स एशोसियसनका अध्यक्ष राजन पियाले गरेका हुन् । कार्यक्रममा अध्यक्ष पियाले दशकौंदेखि ग्राहकको मन जित्दै आएको कम्पनीले हालसम्म पनि ग्राहकले उत्तिकै रुचाएको बताए ।
नवीन अटोका प्रबन्ध निर्देशक कपिल कर्माचार्यले यामाहाले अफरसहित एक्सचेञ्ज मेला आयोजना गरेको बताए । कर्माचार्यका अनुसार मोटरसाइकल एक्स्चेञ्ज गर्दा यामाहा कम्पनीको जुनसुकै मोडल र अवस्थाको मोटरसाइकलमा न्यूनतम ५० हजार र अन्य कम्पनीको मोटरसाइकलमा न्यूनतम २५ हजार मूल्यांकन गरिने बताए । यस्तै एक्सचेञ्जमा अतिरिक्त बोनस १० हजार रुपैयाँ, ७ दशमलव ९९ प्रतिशत ब्याजमा फाइनान्स सुविधा, फ्रि एसेसोरिज र दुई वर्षको अग्रिम सवारी करको भुक्तानी कम्पनीले गरिदिने उनले बताए ।