मुद्रास्फीति
महँगी भन्नाले तपाईंको पैसाले कम सामान किन्न सक्ने स्थिति हो । यस्तो बेलामा सुनको महत्त्व झनै बढ्छ किनभने सुनले आफ्नो मूल्य जोगाउने गर्दछ । तर, यहाँ एउटा पक्ष छ : ब्याजदर । सुनले ब्याज वा लाभांश दिँदैन । त्यसैले जब बैंकहरूले ब्याजदर बढाउँछन् सुन राख्नु महँगो महसूस हुन्छ ।
लगानीकर्ताले सुन बेचेर तिनीहरूलाई ब्याज दिने सम्पत्तिहरू जस्तै बन्डमा लगानी गर्न थाल्छन् । तर, यहाँ साँच्चिकै नायक भनेको ‘वास्तविक ब्याजदर’ हो । यो भनेको महँगी घटाएपछि बाँकी बच्ने ब्याजदर हो । जब वास्तविक ब्याजदर कम हुन्छ वा ऋणात्मक हुन्छ, सुन झनै चम्किन्छ । किनभने अन्य सम्पत्तिहरूले खासै प्रतिफल दिँदैनन् । लगानी कम्पनीले त भन्छन्, ‘सुनको मूल्य परिवर्तनको धेरैजसो कारण वास्तविक ब्याजदर नै हो ।’
मुद्रा हेरफेर : डलरको नाटक
सुन अमेरिकी डलरमा मूल्याङ्कन गरिन्छ । त्यसैले जब डलर कमजोर हुन्छ, अन्य मुद्रामा सुन सस्तो हुन्छ । यसले माग बढाउँछ र मूल्य पनि । तर, डलर बलियो हुँदा सुनको मूल्य घट्न सक्छ । यो विश्व मुद्रा बजारको नाचजस्तै हो ।
आपूर्ति र माग
सुनको आपूर्ति सीमित छ । प्रत्येक वर्ष खानी उत्खननले जम्मा २–३ प्रतिशतमात्र सुन थप्छ । जब माग बढ्छ, चाहे गहना मन पराउनेहरूबाट होस्, प्रविधि उद्योग वा लगानीकर्ताबाट मूल्य चढ्छ । एशिया र पूर्वी यूरोपका केन्द्रीय बैंकहरूले पनि हालै अत्यधिक मात्रामा सुन किनिरहेका छन्, जसले आपूर्ति अझ अपुग बनाइरहेको छ ।
संकटमा सुरक्षाको खोजी
सुनले सधैं ‘सुरक्षित लगानी’को छवि बनाएको छ । जब मन्दीको डर, युद्ध, वा व्यापार विवाद बढ्छ, लगानीकर्ताहरू सुनतर्फ लाग्छन् । हालैको व्यापार तनावको बेलामा त सुन प्रतिऔंस ४३,२०० भन्दा माथि पुगेको थियो । जब संकट आउँछ, सुन चम्कन्छ ।
अनुमान र बजार मनोवृत्ति
बजारको मनोविज्ञानले पनि मूल्य उतारचढाव गराउँछ । ईटीएफ एक्स्चेन्ज ट्रेडेड फन्ड्समा लगानी र सट्टेबाज व्यापारहरूले सुनको मूल्य हल्लाउँछ । जब लगानी कोषहरूले ठूलो परिमाणमा सुन किन्छन्, मूल्य बढ्छ चाहे खानी उत्पादन बढेको होस् या नहोस् । २०२४ मा त सुन इटीएफले अर्बौं डलर तानेको थियो । तर, भावना फेरिन सक्छ । जब बजार आशावादी बन्छ, लगानीकर्ताहरू ‘समाचार बेच्न’ सक्छन् र सुनको मूल्य घट्न सक्छ ।
भू–राजनीति र केन्द्रीय बैंकहरू
केन्द्रीय बैंकहरू केवल दर्शक होइनन्, तिनीहरूले बजारलाई नै दिशा दिन सक्छन् । चीन, पोल्यान्ड, अजरबैजनजस्ता देशहरूले डलरबाट टाढा जान सुन किनिरहेका छन् । उनीहरूको खरीदले बजारबाट सुन हराउँछ, जसले माग आपूर्ति असन्तुलन बढाउँछ । साथै यस्तो कदमले लगानीकर्तामा पनि सुनप्रतिको विश्वास बढाउँछ ।
सुनको मूल्य किन घट्छ वा बढ्छ ?
यसको पछाडि कारण छ : वास्तविक ब्याजदर, डलरको बलियोपन, आपूर्तिको कडाइ, डर, र लगानीकर्ताको भावना । सुन बजारलाई आत्मविश्वास र सतर्कताको ठूलो पिङजस्तै सम्झन सकिन्छ ।
सुन केवल सम्पत्ति होइन यो एउटा कथा हो । सुनले अर्थतन्त्र, मुद्रा नीति, सरकारको रणनीति र विश्वको भावना प्रतिबिम्बित गर्छ । तपाईं लगानीकर्ता हुनुहुन्छ भने वा केवल सुनको बारेमा जान्न चाहनुहुन्छ भने यी तत्त्वहरू बुझ्नु अनिवार्य छ । सुनको संसार बुझ्नुस् अर्थशास्त्रलाई सजिलो भाषामा महसूस गर्नुहोस् ।
(बैंकक पोस्टबाट)