काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीचको मर्जरलाई नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अन्तिम स्वीकृति दिएको छ ।
यी दुई कम्पनीले मर्जरमा जाने स्वीकृति पाउन वैशाख ३ गते सेबोनमा निवेदन दिएका थिए । सेबोनले कम्पनीहरूको निवेदनअनुसार यी दुई कम्पनीलाई एकआपसमा मर्ज गर्न अन्तिम सहमति दिएको हो ।
सेबोनले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धमा निर्देशिका, २०७९ को दफा ८ को उपदफा (४) बमोजिम यी दुई कम्पनीलाई मर्जरमा जाने अन्तिम स्वीकृति प्रदान गरेको हो ।
यी दुई कम्पनीबीचको मर्जरलाई नियामक निकाय नेपाल बीमा प्राधिकरणले चैत २६ गते अन्तिम स्वीकृति प्रदान गरिसकेको छ । अब कम्पनीहरूले आवश्यक कानूनी प्रक्रिया पूरा गरेर एकीकृत कारोबार शुरू गर्नेछन् ।