काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद नाफा ११ दशमलव ६५ प्रतिशत घटेको छ । गत आवमा रू. ११ करोड ३६ लाख नाफा कमाएको कम्पनीले चालू आवमा रू. १० करोड ३ लाखमात्र कमाएको हो ।
चालू आवमा कम्पनीको आम्दानी घटेकाले नाफा प्रभावित भएको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको आम्दानी १० प्रतिशत घटेको छ । गत आवमा रू. १९ करोड ५४ लाख आम्दानी गरेकोमा चालू आवमा कम्पनीको आम्दानी घटेर रू. १७ करोड ५७ लाखमा झरेको हो ।
चुक्तापूँजी रू. १ अर्ब २२ करोड रहेको कम्पनीले जगेडामा रू. २६ करोड ५३ लाख सञ्चित गरेको छ । त्यस्तै चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको बीमा कोषमा रू. ७२ करोड ५४ लाख जम्मा भएको छ । सो अवधिसम्म कम्पनीले कुल रू. १ अर्ब ४ करोडभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको जारी बीमालेखको संख्या १ लाख ३ हजार ९७८ रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी रू. १० दशमलव ९२, मूल्य आम्दानी अनुपात ३६ दशमलव ५३ गुणा र प्रतिशेयर नेटवर्थ रू. १८३ दशमलव २७ रहेको छ । यो कम्पनी र आइएमई जनरल इन्स्योरेन्स कम्पनी मर्ज भई वैशाख २७ गतेदेखि एकीकृत कारोबार शुरू गर्दै छन् ।