काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ अर्ब ६० करोड रुपैयाँभन्दा बढी खुद बीमाशुल्क आर्जन गरेको छ । गत वर्ष यस अवधिसम्म ३ अर्ब ११ करोड रुपैयाँभन्दा बढी खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले यस वर्ष करिब १६ प्रतिशत बढी खुद बीमाशुल्क आर्जन गरेको हो । खुद दाबी भुक्तानी रकम भने करिब २० प्रतिशत बढेको छ । गत वर्ष २ अर्ब ९३ करोड रुपैयाँभन्दा बढी खुद दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष ३ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी खुद दाबी भुक्तानी गरेको हो ।
यस वर्ष कम्पनीको खुद नाफा भने १० दशमलव ४९ प्रतिशत बढेको छ । गत वर्ष ३३ करोड १५ लाख रुपैयाँँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष ३६ करोड ६३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको हो । यस वर्ष १७ दशमलव १४ प्रतिशत बढी ४ अर्ब ८२ करोड ९४ लाख कुल आम्दानी गरेको कम्पनीले करिब १८ प्रतिशत बढी ४ अर्ब ४६ करोड ३१ लाख कुल खर्च गरेको छ । ५ अर्ब चुक्तापूँजी कायम गरिसकेको कम्पनीको शेयर प्रिमियममा ५२ करोड ३८ लाख रुपैयाँभन्दा बढी र रिटर्न अर्निग ४२ करोड ५६ लाख रुपैयाँभन्दा बढी रहेको छ । महाविपत्ति कोषमा २२ करोड ९८ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको अदर इक्वीटी ४५ करोड ४२ लाख रुपैयाँभन्दा बढी छ । तेस्रो त्रैमाससम्म ९ रुपैयाँ ७७ पैसा प्रतिशेयर आम्दानी रहेको कम्पनीको १३२ रुपैयाँ ६७ पैसा प्रतिशेयर नेटवर्थ रहेको छ ।