काठमाडौं । सानिमा लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । चैत १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित चैत ३१ गते विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाले कम्पनीको जारी पूँजी वृद्धि गर्ने र त्यसका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ । आईपीओ निष्कासन गर्ने प्रस्तावलाई पारित गर्दै त्यसका लागि आवश्यक जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।