काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सामूहिक लगानीकोष योजना (म्युचुअल फण्ड) मा जारी भएको शेयरको लकइन आगामी साउन ४ गतेदेखि सकिने भएको छ । कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणमा जारी गरेको थियो । सोमध्ये ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता शेयर भने सामूहिक लगानीकोषको स्वामित्वमा रहेको थियो ।
पछिल्लो समय सामूहिक लगानीकोषको स्वामित्वमा रहेको शेयर सर्वसाधारणमा आईपीओ बाँडफाँट भएको मितिदेखि ६ महिनासम्म कारोबार गर्न नपाइने व्यवस्था छ । कम्पनीले सर्वसाधारणमा गत माघ ६ गते आईपीओ बाँडफाँट गरेको थियो । सामूहिक लगानीकोषको स्वामित्वमा रहेको शेयर साउन ४ गतेपछि कारोबार गर्न मिल्नेछ । कम्पनीले शतप्रतिशत हकप्रद शेयर समेत निष्कासन गर्ने तयारी गरेको छ ।
वैशाख ५ गते सम्पन्न विशेष साधारणसभाबाट कम्पनीले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरिसकेको छ । ७५ करोड रुपैयाँ चुक्तापूँजी कायम गरेको कम्पनीले सोही रकम बराबरको हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यो कम्पनी नेपालको पहिलो डिजिटल प्रविधिबाट बीमालेख जारी गर्ने लघुबीमा कम्पनी हो ।