काठमाडौं । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड–२ जेठ मसान्तसम्म २ करोड २६ लाख रुपैयाँभन्दा बढी नाफामा रहेको छ । वैशाख मसान्तसम्म २ करोड १८ लाख रुपैयाँभन्दा बढी नाफामा रहेको योजनाको पछिल्लो महिना नाफा बढेको हो । वैशाख मसान्तसम्म ३ करोड १५ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको योजनाले जेठ मसान्तसम्म भने ३ करोड ३२ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको हो । वैशाख मसान्तसम्म ९६ लाख ७५ हजार खर्च गरेको योजनाले जेठ मसान्तसम्म भने १ करोड ५ लाख रुपैयाँभन्दा बढी खर्च गरेको छ ।
सातवर्षे अवधिको बन्दमुखी प्रकृतिको यो योजना २०७६ साल असार २२ गतेदेखि सञ्चालनमा रहेको छ । ५ करोड ६० लाख इकाई जारी गरेको योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य जेठ मसान्तसम्म १० रुपैयाँ ४४ पैसा कायम भएको छ । यो मूल्य वैशाख मसान्तसम्म भने १० रुपैयाँ ४२ पैसा रहेको थियो । जेठ मसान्तसम्म योजनको खुद सम्पत्ति ५८ करोड ४४ लाख रुपैयाँभन्दा बढी छ । धितोपत्रमा लगानी गर्ने मुख्य उद्देश्यसहित सञ्चालित योजनाले धितोपत्रमा गरेको लगानीको परलमूल्य ४२ करोड २ लाख रुपैयाँभन्दा बढी छ । योजनाको लगानीको बजार मूल्य भने ३७ करोड ७० लाख रुपैयाँभन्दा बढी मात्र रहेको छ । लगानीको परलमूल्य भन्दा बजारमूल्य कम भएको हो ।