काठमाडौं । गोरक्ष हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासनको तयारी गरेको छ । चैत १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन लगायतका प्रस्ताव पारितका लागि २०८२ साल वैशाख ५ गते विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले कम्पनीको जारी पूँजी मध्ये संस्थापक समूहलाई ७५ प्रतिशत दरको शेयर संरचना बढाई ८० प्रतिशत कायम गर्ने र सर्वसाधारणतर्फको २५ प्रतिशतको स्वामित्व घटाई २० प्रतिशत कायम गर्ने प्रस्ताव पारित गर्नेछ ।
सर्वसाधारणमा विभाजन गरिएको शेयर मध्ये जारी पूँजीको १० प्रतिशतले हुन आउने शेयर आयोजना प्रभावित स्थानीयका लागि र १० प्रतिशत सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ । यसका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी कम्पनीले सञ्चालक समितिलाई दिनेछ । कम्पनीले हाल कायम जारी पूँजी १ अर्ब ३० करोड रुपैयाँलाई बढाएर १ अर्ब ५० करोड रुपैयाँ कायम गर्ने प्रस्ताव पनि गरेको छ ।