बैशाख १२, नेपालगञ्ज । प्रदेश– ५ बाँकेको नेपालगञ्जमा सम्पन्न भएको आठौं बृहत राष्ट्रिय खेलकुद २०७५/०७६ मा १४० स्वर्ण सहित त्रिभुवन आर्मी च्याम्पियन बनेको छ । विभागीय टोलीले पदक तालिकामा बर्चश्व कायम गरि आठौं राष्ट्रिय खेलकुदमा त्रिभुवन आर्मी च्याम्पियन बनेको हो ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीले १४० स्वर्ण, ८२ रजत र ६७ कास्यसहित कूल २८९ पदक जितेको हो । यस्तै नेपाल पुलिस ६२ स्वर्णसहित दोस्रो र एपीएफ ५४ स्वर्णका साथ तेस्रो भएको छ । पुलिसले ४९ रजत र ४६ कास्य पनि जितेको छ । यस्तै एपीएफले ६९ रजत र ८० कास्य पदक जितेको छ । पहिलो पटक सहभागिता जनाएको एनआरएनएले ६ स्वर्ण २ रजत र ५ कास्यसहित कूल १३ स्वर्ण जितेको छ ।
११ टोलीको सहभागिता आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एनआरएनए १०औं हुँदा ३ स्वर्ण जितेको कर्णाली अन्तिममा रहन पुग्यो । गत चैत २७ देखि शुरु भई २०७६ बैशाख ५ सम्म औपचारिक उद्घाटन भएको उक्त प्रतियोगिता बैशाख ११ मा समापन भएको छ ।
