साउन ३१, काठमाडौं (अस) । हेभी उपकरण आयातकर्ता कम्पनी अटो–इलेक्ट्रो–मेक प्राइभेट लिमिटेडले कष्टोमर मिट आयोजना गरेको छ । कम्पनीले अमान अपोलो कन्ष्ट्रक्शन इक्वीपमेण्टको कष्टोमर मिट आयोजना गरेको हो । पुल्चोकस्थित होटल हिमालयमा गत साता उक्त कार्यक्रम आयोजना गरिएको थियो । पूर्वाधार विकास व्यवसायमा संलग्न मानिसको समूहलाई एकै स्थानमा भेला गराउन उक्त कष्टोमर मिट ओपन गरिएको थियो ।