काठमाडौंको वसन्तपुरमा नेवार समुदायका बालबालिकाहरूको बेलविवाह गराइँदै । नेवार समुदायमा जन्मिएकी कन्याको तीनपटक विवाह गर्ने प्रचलन छ, तीनैपटक वर (पुरुष)सँग बिहे हुने होइन । नेवार संस्कारअनुसार कन्याको रजस्वला नहुँदै बिजोर वर्ष (५ देखि ११ वर्ष)को उमेरभित्र भगवान् विष्णुको प्रतीक सुवर्णकुमारसित इहिँ (बेलसँग विवाह) गराउने परम्परा छ ।
इहिपछि बाःराः तयेगु (गुफा राख्ने) गरिन्छ । यस क्रममा सूर्यदर्शन अर्थात् सूर्यसँग विवाह हुन्छ भने तेस्रोपटक वर (पुरुष) सँग विवाह हुन्छ । नेवार समुदायमा बेल जस्तो भयो दुलहीको वर पनि उस्तै हुने विश्वास छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान