logo
बेष्ट फाइनान्सको हकप्रद शेयर र गुराँस लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत
बेष्ट फाइनान्सको हकप्रद शेयर र गुराँस लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत
२५ बैशाख २०८०

काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेन्ज ( नेप्से) मा बेष्ट फाइनान्स कम्पनी लिमिटेडको लिलामीमा विक्री गरेको हकप्रद शेयर र गुराँस लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । बेष्ट फाइनान्सको २ लाख ५९ हजार २९ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।

त्यसैगरी गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको २९ लाख ७१ हजार ९३० कित्ता बोनस शेयर सूचीकृत भएको छ । कम्पनीले वैशाख ६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ दशमलव २७ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । दुवै कम्पनीका हकप्रद शेयर र बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ । 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.