काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा प्रजेश विक्रम थापा नियुक्त भएका छन् । जेठ १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले थापालाई सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
जेठ १६ गतेदेखि लागू हुने गरी थापालाई आगामी चार वर्षे कार्यकालका लागि सीइओमा नियुक्त गर्ने निर्णय गरेको जानकारी कम्पनीले दिएको हो । सीइओ थापा मेकानिकल इन्जिनियर हुन भने उनले काठमाडौं विश्वविद्यालयबाट एमबीगरेका छन् । मेकानिकल इन्जिनियररिङमा ब्याचलर भने उनले भारतको एमएनआईटीबाट गरेका थिए । यसका साथै उनले अमेरिकाको आवर्ड ल स्कुल र इन्टरनेशनल ल स्कुलबाट मध्यस्तता , नेतृत्व विकास र विवाद समाधानको विषयमा पनि विभिन्न कोर्ष पुरा गरेको जानकारी कम्पनीले दिएको छ ।