काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको ६ हजार ९६९ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्री खुला भएको छ ।
जेठ २० गतेदेखि यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा आएको हो । यसअघि यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी कम्पनीले विक्री खुला गरेको थियो ।
सो अवधिमा विक्री नभएपछि अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा आएको हो । इच्छुक खरीदकर्ताहरूले असार ३ गतेभित्र कम्पनीको केन्द्रीय कार्यालय कास्की, पोखरामा आवेदन पेश गर्नुपर्नेछ ।