काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बुधवार तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले नेशनल लाइफ इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र बरुण हाइड्रोपावरको शेयरमूल्य समायोजन गरेको हो । नेशनल लाइफ इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सको बोनस शेयर प्रयोजनका लागि र बरुण हाइड्रोपावर कम्पनीको हकप्रद शेयर प्रयोजनका लागि नेप्सेले मूल्य समायोजन गरेको हो ।
नेशनल लाइफ इन्स्योरेन्सको ५ प्रतिशत बोनस शेयर प्रयोजनका लागि नेप्सेले बुधवार कायम अन्तिम शेयरमूल्य ६२८ को आधारमा मूल्य समायोजन गरी ५९८ रुपैयाँ ४४ पैसा कायम गरेको छ । त्यस्तै एनएलजी इन्स्योरेन्सको २ दशमलव ५० प्रतिशत बोनस शेयर प्रयोजनका लागि नेप्सले बुधवार कायम कम्पनीको अन्तिम शेयरमूल्य ७६० रुपैयाँ २ पैसाको आधारमा बोनस शेयरपछिको मूल्य ७४१ रुपैयाँ ४८ पैसा कायम गरेको छ । बरुण हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर प्रयोजनका लागि नेप्सेले बुधवार कायम कम्पनीको अन्तिम शेयरमूल्य ४८० रुपैयाँ ७२ पैसाको आधारमा शतप्रतिशत हकप्रद पछिको मूल्य २९० रुपैयाँ ३६ पैसा तोकेको हो ।
बरुण हाइड्रोपावर कम्पनीले हाल कायम चुक्तापूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँको आधारमा सोही बराबरको हकप्रद शेयर निष्कासनका लागि जेठ २२ गते बुक क्लोज गर्न लागेको छ । नेशनल लाईफ इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सले पनि प्रस्तावित लाभांश प्रयोजनका लागि जेठ २२ गतेनै बुक क्लोज गर्न लागेका हुन । बुक क्लोजको आधारमा जेठ २१ गतेसम्म कायम शेयरधनीहरु मात्र सम्बन्धित कम्पनीको बोनस र हकप्रद शेयर प्राप्त गर्नेछन् । यस वर्ष नेशनल लाइफले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । साथै बोनस शेयर कर प्रयोजनका लागि छुट्टै शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव कम्पनीको छ । हाल कम्पनीको चुक्तापूँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले कुल १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । यस वर्ष कम्पनीले गत वर्षभन्दा बढी लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
त्यस्तै एनएलजी इनस्योरेन्स गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीका आधारमा २ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव १३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ५० करोड २६ लख ५७ हजार रुपैयाँ रहेको छ । यस वर्ष कम्पनीले गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ५ दशमलव ७९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । नेशनल लाइफले असार ५ गते र एनएलजी इन्स्योरेन्सले जेठ २९ गते र्वाािक साधारण सभा बोलाएको छ ।