चितवन। अन्तरराष्ट्रिय ब्राण्डको कजरिया टायलको शोरुम भरतपुरको विकास चोकमा सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका–७ स्थित पशुपति ग्रेनाइट एण्ड टायल्सले शोरुम सञ्चालनमा ल्याएको हो । शोरुमको उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले उद्घाटन गरेका हुन् । सो अवसरमा श्रेष्ठले कोभिडपछि अर्थतन्त्र तंगिँ्रदै गएको भन्दै कजरिया टायलको उत्पादनले नेपाली उत्पादन प्रवर्द्धनमा टेवा पुग्ने बताए ।
शोरुमका सञ्चालक नवराज पोखरेलले करीब १४ करोड लगानीमा यो आउटलेट सञ्चालनमा ल्याइएको बताए । अन्तरराष्ट्रिय गुणस्तर र सुपथ मूल्यमा ग्राहकलाई सेवा दिने उद्देश्यसहित शोरुम सञ्चालनमा ल्याइएको उनको भनाइ छ । यस शोरुमले आवासीय र व्यावसायिक स्थानका लागि डिजाइन, रङ र टाइलको विविधता प्रदान गर्ने उनले बताए ।
अत्याधुनिक प्रविधि र दिगोपनप्रतिको प्रतिबद्धतासहित ‘द स्टेट अफ द आर्ट कन्टिन्यु टेक्नोलोजी’ प्रयोग गर्दै कम्पनीले उद्योगमा नयाँ बेन्चमार्कका साथै सटिक, स्थायित्व र सुन्दर ठूला टाइल स्ल्याब उत्पादन गर्दै आएको उनको भनाइ छ ।