काठमाडौं। समृद्धि फाइनान्स कम्पनी लिमिटेडले काठमाडौंमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं महानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा आयोजित उक्त कार्यक्रममा ७२ पिन्ट रगत संकलन गरिएको थियो । समृद्धि फाइनान्सले यसअघि आफ्नो इटहरी शाखा र जनकपुर शाखामार्फत पनि रक्तदान कार्यक्रम आयोजना गरिसकेको छ ।
यस महीनाभर तीनओटै शाखाबाट जम्मा १३१ पिन्ट रगत संकलन भएको छ । समृद्धि फाइनान्स सधैं ग्राहक हितमा समर्पित रहँदै समाज सेवाका गतिविधिमा संलग्न रहन प्रतिबद्ध छ । भविष्यमै पनि यस्ता कार्यक्रममार्फत संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
संस्थाले १३ ओटा शाखामार्फत कारोबार आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोड जस्ता डिजिटल सुविधा प्रदान गर्दै आएको छ ।