काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र नेपालमा टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिबीच विद्युतीय ट्याक्सी कर्जा सुविधासम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौताअनुसार सिप्रदी ट्रेडिङमार्फत टाटा मोटर्सअन्तर्गतका विद्युतीय ट्याक्सी खरीद गर्ने ग्राहकहरूले सिद्धार्थ बैंकबाट छिटो, सहज र सुलभ ब्याजदरमा सवारीसाधन कर्जा प्राप्त गर्न सक्ने छन् । यस्तो कर्जाको अवधि ५ वर्षको रहनेछ ।
सिद्धार्थ बैंकले यो सम्झौतामार्फत दीगो बैंकिङ अभ्यास प्रवर्द्धन गर्दै वातावरणमैत्री विद्युतीय सवारीसाधन प्रयोग प्रवर्द्धन तथा प्रोत्साहित हुने विश्वास राखेको छ । बैंकको २४सै घण्टा सञ्चालनमा हुने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ बाट ट्याक्सी कर्जाबारे थप जानकारी लिन सकिने बैंकले जनाएको छ ।