काठमाडौं। बिजनेश इन्ट्रेष्ट ग्रुप अफ इण्डष्ट्रिज लिमिटेडले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ४५ लाख कित्ता साधारण शेयर निष्कासन गर्न कुमारी क्यापिटललाई धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक नियुक्त गरेको बताइएको छ । उक्त सम्झौतापत्रमा बिजनेश इन्ट्रेष्ट ग्रुपका अध्यक्ष नवराज बुर्लाकोटी र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।
बिजनेश इन्ट्रेष्ट ग्रुपले कृषि क्षेत्रको व्यावसायिकता तथा दिगोपना, उत्पादन प्रवर्द्धन, उत्पादकत्व वृद्धि तथा बजार सुनिश्चितताको लागि काम गरिरहेको बताइएको छ । हाइलाइफ एग्रो एण्ड फुड्स इन्डष्ट्रिज लिमिटेड तथा पाँचतारे होटल लेमन ट्रि प्रिमियर बुढानीलकण्ठमा कम्पनीको लगानी छ । कम्पनीले चितवन फुड्स इन्डष्ट्रिजमार्फत खाद्य सामग्रीको उत्पादन शुरू गरेको बताइएको छ ।