काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६३ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. १५ लाख ९८ हजार नाफा कमाएकोमा चालू आवमा रू. २६ लाख ६ हजार नाफा कमाएको हो ।
चालू आवमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । कम्पनीको सञ्चालन नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवमा १५ प्रतिशत र खुद ब्याज आम्दानी ३४ प्रतिशत वृद्धि भएको छ ।
गत आवमा कम्पनीको सञ्चालन नाफा रू. २५ लाख ३६ हजार रहेकोमा चालू आवमा रू. २९ लाख ३८ हजार रहेको छ । त्यस्तै खुद ब्याज आम्दानी गत आवमा रू. १ करोड ४४ लाख रहेकोमा चालू आवमा रू. १ करोड ९४ लाख छ ।
कम्पनीको चुक्ता पूँजी रू. १० करोड ७६ लाख छ । कम्पनीले पहिलो त्रैमासमा जगेडामा रू. ५ करोड ६० लाख सञ्चिति गरेको छ । त्यस्तै कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ६९ पैसा र प्रतिशेयर नेटवर्थ रू. १५२ दशमलव ०५ छ ।