काठमाडौं । पुस मसान्त सकिन लाग्दा कम्पनीहरूलाई वार्षिक साधारण सभा सम्पन्न गर्न निकै चटारो रहेको छ । पुसको अन्तिम दिन २९ गते मात्र करिब चार दर्जन सूचीकृत कम्पनीहरूले वार्षिक साधारण सभा आव्हान गरेका छन् । धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीमध्ये एकै दिन १७ प्रतिशतभन्दा बढी कम्पनीले वार्षिक साधारण सभा पुसको अन्तिम दिन बोलाएका हुन । सूचीकृत कम्पनीहरूले जारी गरेको सूचनाका आधारमा १५० भन्दा बढी कम्पनीले पुस २४ गतेदेखि २९ गतेसम्म साधारण सभा आव्हान गरेको तथ्यांक छ । कम्पनी ऐन २०६३, को व्यवस्था अनुसार पब्लिक कम्पनीका रुपमा स्थापना भएका कम्पनीहरूले पहिलो वर्षभित्र र त्यसपछि प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६ महीनाभित्र वार्षिक साधारण सभा गर्नुपर्ने हुन्छ । सोही व्यवस्था बमोजिम अधिकांश कम्पनीहरूले पुस मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न गर्न लागेका हुन । पुस मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न गर्न नसक्ने कम्पनीहरूले जरिवाना समेत तिर्नुपर्ने अवस्था हुन्छ । यो अवस्थाबाट बच्न र सूचीकृत कम्पनीहरू खराब बर्गमा नपर्न पुस मसान्तभित्रै साधारण सभा सक्न लागिपरेका हुन ।
एकै दिन धेरै कम्पनीको साधारण सभा हुँदा लगानीकर्तालाई भने सास्ती भैरहेको छ । साधारण सभाका बक्ताका रुपमा रहेका केहि लगानीकर्ताहरू एकै दिन धेरै कम्पनीको साधारण सभा पर्दा आफ्ना कुरा राख्ने अवसर गुम्ने गरेको गुमेको बताउँछन् । लगानीकर्ता डम्बरु बल्लब घिमिरे २०३४ सालदेखि पूँजीबजारमा लगानीकर्ताको रुपमा सक्रिय छन् । उनीसँग सूचीकृत अधिकांश कम्पनीको शेयर रहेकाले सबै कम्पनीमा गएर कम्पनीको वारेमा जान्न चाहान्छन् भने आफ्ना सुझाब पनि कम्पनी समक्ष राख्न चाहान्छन् । पुस २८ गते २२ कम्पनीको साधारण सभाको निम्तो रहेकोमा पाँच कम्पनीको साधारण सभामा सहभागी हुन भ्याएको जानकारी उनले गराए । पुसको अन्तिम समयमा आएर एकै दिन धेरै कम्पनीले साधारण सभा गर्दा लगनीकर्ताको सहभागीता कम हुने र गणपूरक संख्या कानून बमोजिम नहुने तर्क समेत घिमिरेको छ ।
वार्षिक साधारण सभा भनेको वर्षभरिका गतिविधिमाथी शेयरधनीहरूसँगै बसेर छलफल गर्ने अवसर हो घिमिरेले भने एकै दिन साधारण सभा जुधाएर लगानीकर्तालाई उक्त अवसरबाट बञ्चित गराउनु कत्तिको जायज हो ? चालू आर्थिक वर्षको ६ महीनाभित्र वार्षिक साधारण सभा गरिसक्नुपर्ने अवधि हुन्छ यो अवधिभित्र धेरै कम्पनीको साधारण सभा नजुध्ने गरी आव्हान गर्न पनि घिमिरेले सुझाब दिएका छन् । घिमिरेले यसरी साधारण सभा गर्नुको औचित्य शेयरधनीहरूको लागि भन्दा पनि कम्पनीले वार्षिक साधारण सभा गर्नुपर्ने बाध्यात्मक अवस्थामा औपचारिकताका लागि मात्र गर्ने गरेको पुष्टि हुने प्रतिक्रिया दिए । अर्का लगानीकर्ता इन्द्रकृष्ण श्रेष्ठले पनि एकै दिन धेरै कम्पनीको साधारण सभा आव्हान हुँदा आफुजस्ता साधारण सभाका वक्ताले धेरैमा सहभागी हुन नपाएको गुनासो गरे । शेयरधनीहरूले वर्षदिनमा कम्पनीको अवस्थाको वारेमा जान्न र बुझ्न पाउने अवसरबाट एकै पटक धेरै कम्पनीले साधारण सभा गरेर आफूहरूलाई बन्चित गरेको भनाई श्रेष्ठको छ । यो समस्याको विषयमा कम्पनी रजिष्ट्रारको कार्यालयदेखि अन्य नियामक निकायहरूले समेत ध्यान दिनुपर्ने माग उनले गरे । एकै दिन करिब ४ दर्जन कम्पनीले साधारण सभा आव्हान गर्दा सभामा पुग्नु पर्ने गणपूरक संख्या वास्तविक रुपमै पुगे नपुगेको एकिन गर्न समेत उनले सुझाब दिए ।
पुस २९ गते तीन वाणिज्य बैंकहरू प्रभु, हिमालयन र कृषि विकास बैंकसँगै नागरिक लगानीकोषले समेत वार्षिक साधारण सभा गर्दैछ । नागरिक लगानीकोषले इतिहासमै पहिलो पटक पुस मसान्तभित्र यो वर्ष वार्षिक साधारण सभा सम्पन्न गर्न लागेको कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले जानकारी दिए । एक वाणिज्य बैंकका उच्च अधिकारीले भने असोज मसान्तभित्रै वार्षिक लेखापरिक्षण सम्पन्न गरी स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्दा २५ दिनअघि मात्र स्वीकृति प्राप्त भएको र २१ दिनको समय राखेर साधारण सभा आव्हान गरेको बताए । कतिपय कम्पनीहरूले वार्षिक साधारण सभा पुसको अन्तिम दिनमानै आव्हान गर्नुको बाध्यता नियामक निकायबाट ढिलो वित्तीय विवरण स्वीकृत हुनु पनि रहेको तर्क ती अधिकारीको थियो । पुसको अन्तिम दिन वार्षिक साधारण सभा सम्पन्न गर्न लागका करिब ४ दर्जन कम्पनीमध्ये सबैभन्दा बढी बैंक तथा वित्तीय क्षेत्रका कम्पनी रहेका छन् ।
कम्पनीको नाम |
साधारण सभा हुने स्थान |
साधारण सभा हुने समय |
प्रस्तावित लाभांश |
|
अन्य प्रस्ताव |
बुक क्लोजको मिति |
रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड |
स्मार्ट महल, धुम्बाराही, काठमाडौं |
११.०० |
|
|
सञ्चालकको निर्वाचन, वार्षिक प्रतिवेदन पारित गर्ने |
पुस १६ |
शिवम् सिमेन्ट्स लिमिटेड |
राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौं |
९.०० |
८.५५ |
०.४५ |
सञ्चालकको नियुक्ति, वार्षिक प्रतिवेदन पारित गर्ने |
पुस १७ |
ज्योति विकास बैंक लिमिटेड |
सिल्भर ओक ब्याङ्क्वेट एण्ड इभेन्ट्स, |
११.०० |
|
|
सञ्चालकको निर्वाचन, वार्षिक प्रतिवेदन पारित गर्ने |
पुस १४ – पुस २९ |
इष्टर्न हाइड्रोपावर लिमिटेड |
होटल हार्दिक, बागबजार, काठमार्डौ |
११.०० |
|
|
वार्षिक प्रतिवेदन पारित गर्ने |
पुस १८ |
बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड |
वालनट बिस्ट्रो, पानीपोखरी, काठमार्डौ |
११.०० |
|
|
वार्षिक प्रतिवेदन पारित गर्ने |
पुस १८ |
मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेड |
रोयल दरबार रेष्ट्रो एण्ड भेन्यु, |
११.०० |
|
|
सञ्चालकको नियुक्ति, वार्षिक प्रतिवेदन पारित गर्ने |
पुस १६ |
आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड |
वेस्टर्न एसियन होटल, बुटवल, रूपन्देही |
९.३० |
९.५ |
०.५ |
सञ्चालकको निर्वाचन, वार्षिक प्रतिवेदन पारित गर्ने |
पुस ११ |
सिंगटी हाइड्रो इनर्जी लिमिटेड |
धुम्बराह भेन्यू, धुम्बाराही, काठमाडौं |
११.०० |
|
|
वार्षिक प्रतिवेदन पारित गर्ने |
पुस १४ |
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड |
कम्पनीको रजिष्टर्ड कार्यालय, |
१०.०० |
१.८६५९ |
०.०९८२ |
सञ्चालकको नियुक्ति, वार्षिक प्रतिवेदन पारित गर्ने |
पुस १९ |
आइसिएफसि फाइनान्स लिमिटेड |
बौद्ध हेरिटेज, बौद्ध पिपलबोट, काठमाडौं |
१०.०० |
|
५.२६३२ |
सञ्चालकको निर्वाचन, वार्षिक प्रतिवेदन पारित गर्ने |
पुस १७ |
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड |
आम्रपालि ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौं |
१०.३० |
३.६५१६ |
०.१९२२ |
वार्षिक प्रतिवेदन पारित गर्ने |
पुस १७ – पुस २९ |
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड |
होटल सामना, मकवानपुर, हेटौडा |
११.०० |
८ |
७ |
सञ्चालकको निर्वाचन, वार्षिक प्रतिवेदन पारित गर्ने |
पुस १६ |
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड |
होटल टास्क इन्टरनेसनल, पोखरा, कास्की |
९.०० |
९.५ |
०.५ |
सञ्चालकको निर्वाचन, वार्षिक प्रतिवेदन पारित गर्ने |
पुस १९ |
सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेड |
लिसरा रिसेप्सन, नक्साल, काठमाडौं |
१०.३० |
|
|
सञ्चालकको निर्वाचन, वार्षिक प्रतिवेदन पारित गर्ने |
पुस १६ |
दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेड |
हिमशिखर पार्टी भेन्यू, चापागाउँ, ललितपुर |
८.०० |
|
|
सञ्चालकको नियुक्ति, वार्षिक प्रतिवेदन पारित गर्ने |
पुस १४ |
कालिञ्चोक दर्शन लिमिटेड |
बद्रीनाथ होटल, गौशाला, काठमाडौं |
११.३० |
|
|
१०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, सञ्चालकको नियुक्ति, |
पुस १५ |
प्रोग्रेशिभ फाइनान्स लिमिटेड |
ज्यापू प्रज्ञा भवन, भोलगणेश, ललितपुर |
१०.३० |
|
|
वार्षिक प्रतिवेदन पारित गर्ने |
पुस १५ |
हिमालयन पावर पार्टनर लिमिटेड |
डेलिस ओपेरा रेष्ट्रो एण्ड ब्याङ्क्वेट, |
९.०० |
|
|
५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, सञ्चालकको नियुक्ति, |
पुस १७ |
कालिका पावर कम्पनी लिमिटेड |
दियालो फुडल्याण्ड, भरतपुर, चितवन |
११.०० |
७ |
०.३६८४ |
वार्षिक प्रतिवेदन पारित गर्ने |
पुस १९ |
प्रभु बैंक लिमिटेड |
बैंकको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौं |
११.०० |
|
|
सञ्चालकको निर्वाचन, वार्षिक प्रतिवेदन पारित गर्ने |
पुस १७ |
महालक्ष्मी विकास बैंक लिमिटेड |
एलिस रिसेप्सन, गैरीधारा, काठमाडौं |
१०.०० |
३ |
४ |
वार्षिक प्रतिवेदन पारित गर्ने |
पुस १६ |
गरिमा विकास बैंक लिमिटेड |
होटल पोखरा ग्राण्ड, पोखरा, कास्की |
१०.३० |
|
५ |
सञ्चालकको निर्वाचन, वार्षिक प्रतिवेदन पारित गर्ने |
पुस १८ |
गोर्खाज फाइनान्स लिमिटेड |
पानस ब्याङ्क्वेट एण्ड इभेन्ट भेन्यू, |
११.०० |
|
|
वार्षिक प्रतिवेदन पारित गर्ने |
पुस १९ – पुस २९ |
सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड |
ताज रिसेप्सन, बालुवाटार, काठमाडौं |
१०.०० |
|
|
वार्षिक प्रतिवेदन पारित गर्ने |
पुस १७ |
इमर्जिङ्ग नेपाल लिमिटेड |
लिसरा रिसेप्सन, नक्साल, काठमाडौं |
९.३० |
|
|
सञ्चालकको निर्वाचन, वार्षिक प्रतिवेदन पारित गर्ने |
पुस १७ |
कृषि विकास बैंक लिमिटेड |
बैंकको केन्द्रीय तालिक प्रतिष्ठान, बोडे, भक्तपुर |
११.०० |
३ |
७.५३ |
वार्षिक प्रतिवेदन पारित गर्ने |
पुस १६ |
विजय लघुवित्त वित्तीय संस्था लिमिटेड |
धुलिखेल लज रिसोर्ट, धुलिखेल, काभ्रेपलाञ्चोक |
१२.३० |
|
|
एफपीओ निष्कासन गर्ने, वार्षिक प्रतिवेदन पारित गर्ने |
पुस १६ |
लुम्बिनी विकास बैंक लिमिटेड |
अमृतभोग, कालिकास्थान, काठमाडौं |
१०.३० |
३ |
४ |
वार्षिक प्रतिवेदन पारित गर्ने |
पुस १९ |
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड |
बेस्ट रिसोर्ट नेपाल, लेकसाइड, पोखरा, कास्की |
९.०० |
|
|
वार्षिक प्रतिवेदन पारित गर्ने |
पुस १८ |
इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड |
सहमति ९संस्था०, विजय चोक, गैंडाकोट, नवलपरासी |
९.०० |
|
|
वार्षिक प्रतिवेदन पारित गर्ने |
पुस १९ |
नेपाल फाइनान्स लिमिटेड |
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, |
९.३० |
|
|
सञ्चालकको निर्वाचन, वार्षिक प्रतिवेदन पारित गर्ने |
पुस १७ |
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड |
होटल दिपसागर, न्यूरोड, पोखरा |
११.०० |
|
|
वार्षिक प्रतिवेदन पारित गर्ने |
पुस १८ |
मुक्तिनाथ विकास बैंक लिमिटेड |
पोखरा इभेन्ट सेन्टर, पोखरा, कास्की |
११.०० |
|
|
अग्राधिकार शेयर जारी गर्ने, सञ्चालकको नियुक्ति, |
पुस १९ |
गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड |
होटल डेब्रेक, बेगनास, कास्की |
१.३० |
|
|
सञ्चालकको नियुक्ति, वार्षिक प्रतिवेदन पारित गर्ने |
पुस २२ |
कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड |
बैंकको प्रधान कार्यालय, बिरगञ्ज, पर्सा |
७.१५ |
|
|
वार्षिक प्रतिवेदन पारित गर्ने |
पुस १८ |
हिमालयन बैंक लिमिटेड |
नेपाल आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौं |
१०.०० |
|
|
एफपीओ निष्कासन गर्ने, वार्षिक प्रतिवेदन पारित गर्ने |
पुस १८ |
गुडविल फाइनान्स लिमिटेड |
गुडविल कम्प्लेक्स, हात्तिसार, काठमाडौं |
११.०० |
|
|
वार्षिक प्रतिवेदन पारित गर्ने |
पुस १९ |
भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड |
मानसरोबर पार्टी प्यालेस, पुरानो बानेश्वर, काठमाडौं |
१.०० |
|
|
वार्षिक प्रतिवेदन पारित गर्ने |
पुस १८ |
दोल्ती पावर कम्पनी लिमिटेड |
मानसरोबर पार्टी प्यालेस, पुरानो बानेश्वर, काठमाडौं |
१२.०० |
|
|
वार्षिक प्रतिवेदन पारित गर्ने |
पुस १८ |
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड |
होटल माला इन, घोराही, दाङ |
११.०० |
१४.२५ |
०.७५ |
वार्षिक प्रतिवेदन पारित गर्ने |
पुस १६ |
नागरिक लगानी कोष |
कोषको केन्द्रीय कार्यालय, सिआईटी बिल्डिङ, |
११.०० |
७ |
६ |
वार्षिक प्रतिवेदन पारित गर्ने |
पुस २२ |
मेन्छियाम हाइड्रोपावर लिमिटेड |
होलिडे इन रिसोर्ट, बुढानिलकण्ठ, काठमाडौं |
९.३० |
|
|
वार्षिक प्रतिवेदन पारित गर्ने |
पुस १८ |
स्रोत . कंपनीहरूले सार्वजनिक गरेका सूचनाहरूबाट ।