काठमाडौं। एनआइएमबि स्टक मार्केट्स लिमिटेडले आफ्नो नयाँ टे्रड म्यानेजमेन्ट सिस्टम (टीएमएस) गत आइतवारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । शेयर कारोबारलाई थप सहज, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको यस आधुनिक प्रणाली अब प्रयोगकर्ताको लागि उपलब्ध भएको बताइएको छ ।
नयाँ टीएमएसको शुरुआतसँगै कम्पनीले नेपालको पूँजी बजारमा डिजिटल प्रविधिको प्रयोगमा महत्त्वपूर्ण कदम अघि बढाएको बताएको छ । यस प्रणालीमार्फत लगानीकर्ताले अनलाइनमार्फत शेयर खरीद/विक्री गर्दा वास्तविक समयमा अर्डर राख्न सकिने ‘रियल डाइम अर्डर प्लेसमेन्ट एण्ड पोर्टफोलियो ट्र्याकिङ’ सुविधा तथा मोबाइल उपकरणमा सहज पहुँच रहेको बताइएको छ ।
कम्पनी नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त स्टक ब्रोकर हो, जसले भरपर्दाे तथा प्रविधिमा आधारित कारोबारको सेवा प्रदान गर्दै आएको बताइएको छ । ग्राहक केन्द्रित सेवा र प्रविधिको सशक्त प्रयोगमार्फत नेपालको पूँजी बजारको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको कम्पनीको भनाइ छ ।