काठमाडौं । एनएमबि बैंक लिमिटेडले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । कम्पनीले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका ५० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो । ऋणपत्र जारी गर्न अनुमति माग्दै कम्पनीले वैशाख ११ गते नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।
कुल कित्ता ऋणपत्रमध्ये २० लाख कित्ता सर्वसाधारणमा र ३० लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संस्थामा जारी गर्ने कम्पनीको तयारी छ । यो ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले ७ वर्षे अवधिको ७ प्रतिशत ब्याजदर रहने गरी उल्लेखित कित्ता ऋणपत्र निष्कासन गर्ने तयारी गरेको हो ।