काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सिवाईसी नेपाल लघुवित्तले ५ करोड ५८ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।
याे रकम गत वर्षको यसै अवधिको तुलनामा ९९ दशमलव ४६ प्रतिशतभन्दा बढी हो । गत वर्ष यस अवधिसम्म कम्पनीले २ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
यो अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा पनि बढेको छ । गत वर्ष यस अवधिसम्म २ करोड १८ लाख रुपैयाँभन्दा बढी रहेको वितरणयोग्य नाफा यस वर्ष ४ करोड ३२ लाख रुपैयाँभन्दा बढी रहेको छ ।
यस वर्ष कम्पनीको खुद ब्याज आम्दानी करीब ४१ प्रतिशत बढेको छ कमिसन शुल्क ४३३ प्रतिशत बढेको छ । गत वर्ष २० करोड ७३ लाख रुपैयाँभन्दा बढी खुद ब्याज आम्दानी गरेको कम्पनीले यस वर्ष भने २९ करोड २२ लाख रुपैयाँभन्दा बढी यो आम्दानी गरेको हो ।
कमिसन शुल्क भने गत वर्ष ६ करोड २७ लाख रुपैयाँभन्दा बढी रहेकोमा यस वर्ष ३३ करोड ४६ लाख रुपैयाँभन्दा बढी रहेको छ ।
हाल कम्पनीको चुक्तापूँजी २६ करोड ६४ लाख २४ हजार रुपैयाँ छ भने जगेडा कोष रकम ६ करोड ६६ लाख रुपैयाँभन्दा बढी रहेको छ ।
तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ५३ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने २ अर्ब ७७ करोड रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ ।
यस अवधिसम्म कम्पनीले ५ अर्ब ९४ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष ४ दशमलव ७४ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ८ दशमलव ४९ प्रतिशत कायम भएको छ ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २७ रुपैयाँ ९६ पैसा छ भने प्रतिशेयर नेटवर्थ २६८ रुपैयाँ ५१ पैसा छ ।