काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडका अध्यक्ष सिद्धार्थ महान्तीको पदावधि सकिएको छ ।
कम्पनीले बुधवार सूचना जारी गर्दै अध्यक्ष महान्ती भारतीय जीवन बीमा निगम (एलआईसी अफ इन्डिया) का प्रमुख कार्यकारी अधिकृत हुन् ।
उक्त पदबाट महान्ती जेठ २४ गतेदेखि सेवा निवृत्त भएकाले सोही मितिदेखि लागू हुने गरी लाइफ इन्स्योरेन्स कर्पोरेशनको अध्यक्षको पदावधि समेत सकिएको जानकारी कम्पनीले दिएको हो ।