काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्ष (आव) २०८०/८१ को मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
यही कात्तिक १३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत (करसहित)का दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । यो रकम गत वर्षको भन्दा कम हो । गत वर्ष कम्पनीले ११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
घोषणा गरिएको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरूलाई वितरण गरिने बैंकले जनाएको छ ।