काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नुमनाथ पौडेल पुनः नियुक्त भएका छन् ।
उनलाई यही कात्तिक १६ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि पुनः नियुक्त गरिएको कम्पनीले नेप्सेमार्फत जानकारी दिएको छ ।
बुधवार बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो ।