logo
बलेफी हाइड्रोपावरको हकप्रद शेयर हितग्राही खातामा जम्मा
बलेफी हाइड्रोपावरको हकप्रद शेयर हितग्राही खातामा जम्मा
२२ चैत्र २०८१

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर विक्री प्रक्रिया सम्पन्न गरी वितरण गर्न शुरू गरेको छ । कम्पनीले मंसिर २७ गतेदेखि पुस १७ गतेसम्म शतप्रतिशत हकप्रद शेयर निष्कासन गरी सो अवधिमा विक्री नभएको शेयर लिलामी प्रक्रियाबाट विक्री गरेको थियो । 

धितोपत्र दोस्रो बजारमा सूचीकृत पछि कम्पनीले सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा हकप्रद शेयर जम्मा गरेको हो । गत कात्तिक २० गतेसम्म कायम शेयरधनीहरूले कम्पनीको हकप्रद शेयर खरीद गर्न पाएका थिए ।

कात्तिक २० गतेसम्म आफ्नो शेयर धितो राखी कर्जा लिएका सदस्यहरूको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा हकप्रद शेयर रोक्का राखिएकाले राफसाफ भैसकेको भए फुकुवा गर्न समेत कम्पनीले भनेको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।

उक्त हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ कायम भएको छ । कम्पनीले आयोजना निर्माणका क्रममा लिइएको १ अर्ब ४० करोडको आंशिक बैंक ऋण, प्रबद्र्धकबाट लिएको ३० करोड ६४ लाख ४६ हजार ८६० रुपैयाँ ३९ पैसा बैंक ऋण र ठेकेदार तथा बिक्रेताहरूको १२ करोड १५ लाख २३ हजार १३९ रुपैयाँ ६१ पैसा भुक्तानी गर्न हकप्रद शेयर निष्कासन गरेको हो । 

यस कम्पनीको कुल १ करोड ६५ लाख २४ हजार ८४९ कित्ता शेयरको लकइन अवधि आगामी चैत २९ गतेदेखि सकिदैंछ । कम्पनीको संस्थापक तर्फको १ करोड ४७ लाख २३ हजार ७६० कित्ता, स्थानीयतर्फको १८ लाख २७ हजार ९७० कित्ता र कर्मचारीतर्फको ७३ हजार ११९ कित्ता शेयर तीन वर्ष अवधिका लागि लकइनमा रहेको थियो । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि २०७८ साल चैत २९ गते शेयर बाँडफाँट गरेको थियो ।

सर्वसाधारण लगानीकर्तामा शेयर बाँडफाँट भएको तीन वर्षसम्म उल्लेखित शेयर लइकनमा रहने व्यवस्था रहेको छ । लकइन अवधि सकिएपछि सम्बन्धित शेयरधनीहरूले यी शेयर कारोबार गर्न सक्नेछन् । तर, सञ्चालक सदस्य रहेका व्यक्ति तथा कम्पनीको उच्च तहमा रहेका कर्मचारीहरले भने पदमा रहेसम्म तथा पदबाट हटेपछिको एक वर्षसम्म शेयर खरीद विक्री गर्न पाइनेछैन् ।

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.