काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले शेयरधनीहरूलाई बोनश शेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न अनुरोध गरेको छ ।
कम्पनीले सोमवार एक सूचना जारी गर्दै २२औं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट ८६ प्रतिशत बोनस शेयरमा लाग्ने करबापतको रकम बुझाउन शेयरधनीलाई अनुरोध गरेको हो ।
शेयरधनीले कम्पनीको ग्लोबल आइएमई बैंकमा रहेको खाता नम्बर ००१०१०१०००५२६४ मा बोनस शेयरमा लाग्ने करबापतको रकम बुझाउन सक्नेछन् । कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।