काठमाडौं । सोमवार दुई कम्पनीको बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको छ । नेपाल हाईड्रो डेभलोपर्स लिमिटेडको ८ प्रतिशत र आरएसडिसी लघुवित्तको ९ दशमलव ५० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । नेपाल हाईड्रो डेभलोपरले बोनस शेयर वापत्को २ लाख ८७ हजार ५५३ दशमलव शून्य ८ कित्ता र आरएसडिसी लघुवित्तको ८ लाख ९७ हजार १३३ दशमलव ५२ कित्ता शेयर सूचीकृत गराएको हो । नेपाल हाइड्रो डेभलोपरले गत पुस २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट ८ प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । नेपाल हाइड्रो डेभलोपरले साधारण सभा र लाभांश प्रयोजनका लागि पुस ८ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस ७ गतेसम्म कायम शेयधरनीहरुले बोनस शेयर प्राप्त गरेका छन् ।
त्यस्तै आरएसडिसी लघुवित्तले गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट ९ दशमलव ५० प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । यस कम्पनीले लाभांश प्रयोजनका लागि पुस ११ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस १० गतेसम्म कायम शेयरधनीहरुले मात्र बोनस शेयर प्राप्त गरेका छन् । मंगलवारदेखि कारोबारयोग्य हुने यी कम्पनीको बोनस शेयर सम्बन्धित शेयरधनीहरुले आफ्नो हितग्राहीमा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.