काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले जेठ १६ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ ।
वैशाख २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चितवनस्थित भरतपुर गार्डेन रिसोर्टमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । सर्वसाधारण शेयरधनीहरूको तर्फबाट दुई जना सञ्चालक निर्वाचनको कार्याक्रम समेत सभाका लागि तय भएको छ ।
साथै सञ्चालकहरूको भत्ता तथा अन्य सुविधाहरूका सम्बन्धमा आवश्यक छलफल गर्ने र सामाजिक उत्तरदायित्वअन्तर्गत भएका खर्च अनुमोदनको कार्यक्रम समेत सभाका लागि तय भएको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ ८ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा जेठ ७ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।